आयुष्मान भारत केन्द्रहरूलाई आम आदमी क्लीनिक बताउँदा केन्द्रले पञ्जाब सरकारलाई चेताउनी दियो

orig_14_1620332134.webp

नयाँ दिल्लीः आयुष्मान भारत स्वास्थ्य केन्द्रहरूलाई पञ्जाबमा आम आदमी क्लीनिकमा परिणत गर्नलाई लिएर केन्द्रिय स्वास्थ्य मन्तालयले राज्य सरकारलाई चेताउनी दिएको छ। स्वास्थ्य मन्त्रालयका अपर सचिव रौली सिंहले यस बापत पञ्जाबका प्रधान सचिव विरेन्द्र कुमार मीनलाई चिट्ठी लेखेर समझौताको उल्लङ्घन बताउँदै चेताउनी दिएका छन्‌।

स्वास्थ्य मन्त्रालयले मंगलवार भनेको छ, केन्द्रले उसको निम्ति यी योजनाहरूमा आफ्नो हिस्साको पैसा रोक्न ‘सक्छ। पञ्जाब सरकारले आयुष्मान स्वास्थ्य केन्द्रहरूलाई आम आदमी क्लीनिकको नामले चलाइरहेछ। मन्त्रालयको तर्फबाट लेखिएको चिट्ठीमा भनिएको छ, केन्द्रिय सहायताबाट चल्ने योजनाहरू केन्द्र र राज्यहरूबीच एमओयुमा हस्ताक्षर (आपसी सहमतिको समझौता) पछि शुरू गरिन्छ। यदि राज्य एमओयूमा ‘गरिएको योजनाको नाम बदली गर्न तयार छैन भने त्यस स्कीमको निम्ति केन्द्रबाट ग्रान्ट बन्द हुन्छ।

वस्तुतः पञ्जाब सरकारले वेलनेस सेन्टरलाई आम आदमी क्लीनिक जस्तो नामले चलाउन थालेको छ। राष्ट्रिय स्वास्थ्य मिशन अन्तर्गत साल २०२२-२३ को निम्ति पञ्जाबली १११४.५७ करोड्‌ रूपियाँको आरवंटन गरिएको छ। यसमध्ये ४३८.४६ करोड्‌ रूपियाँ जारी गरिएको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *