मुख्यमन्त्री पीएस गोलेद्वारा बुद्ध हलको उद्घाटन

3444

सिङतामः राज्यका मुख्यमन्त्री प्रेमसिंह तामाङले आज सिङतामस्थित स्टोन एज रेसोर्ट परिसरमा ओसो इन्द्रकिल फाउण्डेशनद्वारा सञ्चालित ध्यान केन्द्र नव प्रेक्षगृह बुद्ध हलको उद्घाटन गरे। उक्त अवसरमा ओसोका भाइ स्वामी शैलेन्द्र सरस्वतीको पनि उपस्थिति रहेको थियो। मुख्यमन्त्री तामाङलाई संस्थाका अनुयायीहरूद्वारा भव्यरूपमा स्वागत जनाइयो। कार्यक्रममा मुख्यमन्त्री सहित नाम्चेबुङ क्षेत्रका विधायक एम प्रसाद शर्मा अनि मुख्यमन्त्रीका राजनीतिक सचिव जेकब खालिङको पनि उपस्थिति रहेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री तामाङले मानव जीवनमा ध्यान अथवा मेडिटेसनको अहंम भूमिकमाथि प्रकाश पारे।मानव चोलालाई सन्तुलनमा राख्नको निम्ति ध्यान आवश्यक रहेको उनले विचार पोखे। विगतमा आफूले पनि १५ दिनसम्म ध्यानमा संलग्न भएर नै सिक्किमलाई नयाँ उज्यालोतर्फ लानको निम्ति आत्मबल प्राप्त गरेको स्मरण गरे। १५ दिनसम्म मेडिटेसनपछि तत्कालीन मुख्यमन्त्रीको अगणतान्त्रिक पद्धतिविरुद्ध आवाज उठाउन आँट अनि आत्मबल मिलेको उनले बताए। त्यही आत्मबलको कारणले गर्दा नै अहिले सिक्किमे जनताले सुशासन देख्न पाइरहेको मुख्यमन्त्री तामाङले दावी गरे। ध्यानले आफैलाई चिन्न मद्दत गर्ने अनि आफूभित्र नै शान्तिलाई प्राप्त गर्न सक्षम बनाउने मुख्यमन्त्री तामाङले बताए।

मानवले जब आफूभित्र केन्द्रित बनेर अन्तरमनमा झाँक्ने गर्दछ तब उसले आफूलाई नै चिन्ने अनि आफूभित्रको शान्तिलाई प्राप्त गर्नसक्ने बताए। सिक्किम राज्यमा यो ध्यान केन्द्रको स्थापना गर्नको निमित्त कार्य गर्ने सबैलाई उनले बधाई दिँदै धन्यवाद दिए। सिक्किम त्यसै पनि शान्तिमय राज्य रहेकोले यहाँ यस्तो केन्द्रहरूको स्थापना हुँदा जनताले मात्र होइन तर देश विदेशका व्यक्तिहरूले पनि यसको फाइदा उठाउन सक्ने मन्तव्य पोखे। सिक्किम केवल प्राकृतिक रुपले मात्र होइन तर यहाँका मानिसहरू पनि सभ्य अनि शान्तिप्रिय रहेको उनले जानकारी गराए। सुन्दर हरियाली सिक्किममा त्यसैपनि मानिसहरूले शान्ति प्राप्त गर्ने गरेको बताउँदै यस केन्द्रमा ध्यान गर्न आउने सबै श्रद्धालुहरूलाई मुख्यमन्त्री तामाङले राज्यमा स्वागत पनि जनाए।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *