खजुराहोमा भोलीदेखि शुरू भईरहेको जी२० संस्कृति कार्य समितिको पहिलो बैठक

hsviiwwcg1drgebs_1676282559.jpeg.jpg

नयाँ दिल्लीः मध्य प्रदेशको छतरपुर जिल्लामा स्थित एतिहासिक नगर खजुराहोमा बुधवार अर्थात्‌ २२ देखि २५ फरवरीसम्म जी२० संस्कृति कार्य समितिको पहिलो बैठकको आयोजन भईरहेछ। जी२० को थीम वसुधैव कुट्म्बकम- एक पृथ्वी, एक परिवार, एक भविष्य राखिएको छ। यस बैठकमा जी२० देशका लगभग १२५ सदस्य सामेल भईरहेका छन्‌। यस कार्य समितिको चार बैठक हुनेछ। पहिलो खजुराहो, दोस्रो भुवनेश्वर, तेस्रो हम्पी र चौथो बैठक वाराणसीमा हुनेछ।

पहिलो दिन २२ फरवरीमा एक प्रदर्शनी पनि राखिँदैछ, जसको उद्घाटन मध्य प्रदेशका मुख्यमन्त शिवराज सिंह चौहान, केन्द्रिय संस्कृति मन्ती जी किशन रेडी, केन्द्रिय सामाजिक न्याय एवं अधिकारिता मन्ती डा. वीरेन्द्र कुमार र केन्द्रिय संस्कृति राज्य मन्ती मीनाक्षी लेखीद्वारा गरिने भएको छ। प्रदर्शनीको मुख्य आकर्षण विदेशहरूबाट स्वदेश फर्काइएका २५ मूर्ति रहनेछ।प्रतिनिधिहरूको निम्ति खजुराहो नृत्य महोत्सव सहित अन्य सांस्कृतिक कार्यक्रमहरूको आयोजन गरिन्दैछ। मप्रको विख्यात मैहर ब्यान्डको प्रस्तुति, देशका नामी वाइलिन ब्रदर्सले पनि अतिथिहरू सामू आफ्नो कलाको प्रदर्शन गर्नेछन्‌। यहाँ आउने प्रतिनिधिहरूले पश्चिमी समूहका मन्दिरहरूको पनि भ्रमण गर्नेछन्‌, जुन यूनेस्कोको विश्व धरोहरमा सामेल छन्‌। प्रतिनिधिहरूको निम्ति बुन्देलखण्डको विख्यात बरेदी, नौरता, राई जस्ता नृत्य आकर्षणको केन्द्र रहनेछ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *