राज्यपाल र मुख्यमन्त्रीले दिए राज्यवासीलाई लोसार पर्वको शुभकामना

photocollage_2023221232945410.jpg

गान्तोक: राज्यका राज्यपाल लक्ष्मण प्रसाद आचार्यले लोसर पर्वको अवसरमा राज्यबासीलाई हार्दिक शुभकामना दिएका छन्। यो पर्व तिब्बती क्यालेन्डार अनुसार नयाँ वर्षकोरूपमा पालन गर्दै आएको बताएका छन्। यो पर्व नयाँ चेतना, नयाँ आंकक्षा र नयाँ आशाको प्रतिककोरूपमा पालन गरिने गरेको उनले आफ्नो शुभकामना सन्देशमा उल्लेख गरेका छन्। यो पर्व धार्मिक, सांस्कृतिक, सामाजिक र अध्यात्मिक दृष्टिकोणले विशेष महत्व राख्ने गरेको उनले जानकारी गराएका छन्।

यसरी नै मुख्यमन्त्री पीएस गोलेले लोसारको पावन अवसरमा राज्यवासीसँगै विशेष गरेर तिब्बती अनि शेर्पा समुदायप्रति बधाई एवं शुभकामना व्यक्त गरेका छन्। आफ्नो फेसबूक पेजमार्फत शुभकामना व्यक्त गर्दै मुख्यमन्त्री तामाङले यो पर्व प्रेम, भ्रातृत्व, सहिष्णुता र साम्प्रदायिक सद्भावको प्रतीक रहेको उल्लेख गर्दै यसलाई सिक्किमका मानिसहरूले परापूर्वकालदेखि नै मनाउँदै आइरहेको बताएका छन्। नयाँ वर्षलाई स्वागत गर्दै सबै समुदाय र आस्थाबीचको भ्रातृत्वको बन्धनलाई मजबुत बनाऔं र राज्यलाई नयाँ उचाइमा पुऱ्याऔं भन्ने मुख्यमन्त्री तामाङले आह्वान गरेका छन्। ल्होसार पर्वले देशमा सुख, शान्ति, समृद्धि ल्याओस् अनि जनताको जीवन सुख र समृद्धिले भरियोस् भन्ने थप कामना गरेका छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *